डीपी वर्ल्ड इन्टरनेशनल लिग खेल्न ऐरी दुबई प्रस्थान
शुक्रबार, २६ पुस २०८१, १० : ४७

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी डीपी वर्ल्ड इन्टरनेशनल लिगमा सहभागिता जनाउन दुबई प्रस्थान गरेका छन् ।
दीपेन्द्रले गल्फ जायन्ट्सबाट डीपी वर्ल्ड इन्डरनेशनल लिग खेल्नेछन् । दीपेन्द्रको टोली गल्फ जायन्ट्समा इङ्गल्यान्डका रेहन अहमद, इङ्ल्यान्डकै टम कर्रन, वेस्ट इन्डिजका डोमिनिक डार्केस, वेस्ट इन्डिजकै सिमरन हेटमायर, इङ्गल्यान्डका क्रिस जोर्डन, इङ्ल्यान्डकै जामी स्मिथलगायतका खेलाडी रहेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने डीपी वर्ल्ड इन्डरनेशनल लिगको तेस्रो संस्करण जनवरी–फेब्रुअरीमा आयोजना हुँदै छ । लिगमा कुशल मल्लले पनि ‘डेजर्ट भाइपर्स’ बाट खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड