बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
शुक्रबार, २६ पुस २०८१, ०९ : ०८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शुक्रबार यस्तो आवेदन आह्वान गरेको हो ।
बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले यसअघि राष्ट्रिय योजना आयोगको वित्तीय क्षेत्र हेर्ने सदस्यको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा नेतृत्वको सिफारिस समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै
-
ट्रम्पले भने-युक्रेन युद्धबारे पुटिनसँगको वार्ता ‘सफल एवं सार्थक’
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, कहाँ कहाँ हुन्छ आज वर्षा ?
-
इटालियन सिरी’एमा जेनोआ विजयी
-
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
-
आज महाकालीको बार कसलाई कति फलदायी ? हेरौं राशिफल