नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो

वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलस (एलए)को जंगलमा लागेको आगो निरन्तर भड्किरहेको छ । डढेलोमा परेर अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । पश्चिमी पहाडहरूमा नयाँ डढेलो सुरु भएको र तीव्र हावाका कारण यो छिटो फैलिन सक्ने एलएकी मेयर करेन बासले बताएकी छिन् ।
प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न उनले सर्वसाधारणलाई अनुरोध गरेकी छिन् । प्यालिसेड्समा डढेलोमा परेर दुई जनाको मृत्यु भएको एलएको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले बताएकी छिन् । अहिलेसम्म डढेलोमा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी नभएको पनि उनले बताइन् ।
यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो । प्यालिसेड्सको डढेलो १९ हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको र यसमा परेर ५ हजार ३०० भन्दा बढी घर वा भवनहरू ध्वस्त भएको बताइएको छ ।
यसैबिच भेन्चुरा काउन्टीमा डढेलो सुरु भएको बताइएको छ । यो डढेलो ५० एकड क्षेत्रफलमा फैलिएको र यसलाई निभाउन ६० भन्दा बढी दमकल कम्पनीहरू लागि परेको भनिएको छ । भेन्चुरा काउन्टी बाहेक केनेथमा पनि डढेलो देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म