सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ

कारकस । भेनेजुएलामा विपक्षी दलकी नेतृ मारिया कोरिना मचादो पक्राउ परेकी छिन् । बिहीबार राजधानी काराकसमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएर निस्कने क्रममा सुरक्षा बलले उनलाई पक्राउ गरेको हो । राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने मागसहित गरिएको विरोध प्रदर्शनमा सहभागी हुन कयौँ महिनापछि माचादो सार्वजनिक रूपमा देखा परेकी थिइन् ।
समर्थकहरूसँग बिदा भएर माचोदा निस्किएपछि के भयो भन्ने थाहा हुन सकेको छैन । तर मोटरसाइकलमा चढेर उनी निस्किने क्रममा गोली प्रहार भएको र उनलाई बलजफ्ती समातिएको खबरहरू आइरहेका छन् । मादुरोले तेस्रो कार्यकालको लागि शपथ लिनु एक दिन अघि यो विरोध प्रदर्शन भएको थियो ।
सुरक्षा बलले पूर्वी काराकसमा माचोदाको समूहलाई हिंसात्मक रूपमा रोकेको प्रेस टोलीले सामाजिक सञ्जालमा भनेको छ । तर उनलाई कहाँ राखिएको छ भन्नेबारेमा कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द