शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय

शुक्रबार, २६ पुस २०८१, ०८ : ३६
शुक्रबार, २६ पुस २०८१

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको आदेश विवेकपूर्ण भएको बताएका छन्  ।

आज सामाजिक सञ्जालमार्फत उनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका हुन् ।  बिहीबार  कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका थिए । 

सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप