अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
शुक्रबार, २६ पुस २०८१, ०१ : ०९

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई कागजातसहितको खाम दिँदा एक लाख बराबरको घुस रकम फेलापरेको थियो । अनुसन्धान अधिकृतले सोधपुछ गर्दा मुद्दा मिलाइदिनका लागि स्वेच्छाले नै रकम ल्याएको भन्ने बयान सापकोटाले दिएका थिए ।
आयोगले बिहीबार सापकोटाविरूद्ध रू एक लाख बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक