राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको गाउँपालिकाको १७ औँ गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुसार अल्पसंख्यक सीमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तीकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको हो । सामाजिक सांस्कृतिक संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकीय क्षेत्र घोषण गरेको उनले बताए ।
चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक मार्फत पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामकरण गर्ने निर्णय गरेको उनको भनाई छ । उक्त निर्णय कार्यान्वयनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै विशेष कार्यक्रम मार्फत बजेट व्यवस्था गर्ने तयारी गरेको अध्यक्ष मल्लले बताए । गाउँपालिकाको २०७४ को पहिलो निर्णयमा नै सो वडालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरे पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।
गाउँसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ भने विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ भने न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा, खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
शिक्षकहरूको आन्दोलनमा गाउँपालिका महासंघ र नगरपालिका संघले जनायो ऐक्यबद्धता
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी