सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई पोखराबाटै रिहा
बिहीबार, २५ पुस २०८१, २० : १३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले रिहा गरेको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीनिज राईले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेशका गरेका थिए । धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आँकलन गरिएपनि प्रहरीले रिहा गरेको हो । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनी आफै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।