तुलसीपुरमा अवरुद्ध सडक सञ्चालनमा
बिहीबार, २५ पुस २०८१, २० : ०१

बुटवल । दाङको तुलसीपुरमा सवारी सधानको ठक्करपछि एक महिलाको मृत्यु हुँदा पीडित पक्षले अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्ती मगरको बुधबार दिउँसो २ बजेतिर बसपार्कमा बसको ठक्करबाट मृत्यु भएपछि पीडित पक्षले अवरुद्ध गरेको सडक बिहीबार साँझ ६ बजेदेखि सञ्चालन आएको हो ।
मृत्युको विषयलाई लिएर पीडित पक्षले तुलसीपुरमा यातायातका साधन सञ्चालन हुन दिएका थिइन् । उनीहरूले विरोध गर्दा राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले अहिले सडक सञ्चालनमा आएको रातोपाटीलाई बताए । उनले पीडितलाई बीमाको बापत आउने रकम प्रदान गर्ने सहमतिपछि सडक सञ्चालन आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए