सहकारी ठगी प्रकरण
रवि लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की अदालतको आदेशमा के छ ? (आदेशसहित)
बिहीबार, २५ पुस २०८१, १९ : ३७

कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहितका सबै प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आदेशअनुसार लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग भएको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त