रविका समर्थकको नारा: रवि दाइ हाईहाई, भ्रष्टाचारी बाईबाई
बिहीबार, २५ पुस २०८१, १९ : ३५

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि समर्थकहरूले खुसीयाली मनाएका छन् ।
पोखरास्थित अदालत नजिकै भेला भएका समर्थकहरूले रविको पक्षमा चर्को नाराबाजीसहित खुसीयाली मनाएका हुन् ।
‘न्यायालयलाई धन्यवाद, रवि दाइ जिन्दावाद । रवि दाइ हाईहाई, भ्रष्टाचारी बाईबाई, यो जित कसको जनताको...’लगायतका नारा समर्थकहरूले लगाएका छन् ।
कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यद्यपि अन्य जिल्लामा पनि सहकारी ठगीसँग सम्बन्धित मुद्दा बाँकी रहेकाले उनी तत्काल छुट्न सक्ने स्थिति भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृत अवस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?