नेपालबाट भारत लगेर ठग्ने गिरोह सक्रिय
काठमाडौँ । भारतको बिहारस्थित मुजफ्फरपुर र पटनामा लगेर नेपालका श्रमिकहरूलाई ठग्ने गिरोह सक्रिय देखिएको छ । जागिर दिन्छौँ भनेर त्यहाँ लगेपछि उल्टो पैसा लगानी गर्न बाध्य बनाउने र नेटवर्कीङ शैलीको भुलभुलैयामा पारेर ठग्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
ब्यूरोले काठमाडौँ हुँदै बिहारमा पुगेर ठगिएका ३ जनालाई उद्धार गरेको छ । ३ जना पीडितहरूलाई मुजफ्फरपुर र पटनाबाट उद्धार गरेर काठमाडौँ ल्याइएको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगिटीले रातोपाटीलाई बताए । उनले भने, ‘भारतीय प्रहरीसँग समन्वय गरेर ३ जनालाई उद्धार गरेका छौँ ।’
कृष्ण बस्नेत (नाम परिवर्तन) कुवेतबाट बिदामा काठमाडौँ आएका थिए । दोलखाको गौरिशंकर गाउँपालिका–४ घर भएका प्रकाश कार्कीले उनलाई सामाजिक सञ्जाफ फेसवुकमार्फत म्यासेज गरेर सोधे, ‘भारतको बिहारमा ८० हजार भारु कमाइ हुने जागिर पाइन्छ आउनुस् ।’ लामो बिदामा आएका उनी बीरगञ्जसम्म गए । त्यहाँ प्रकाश कार्की लिन आए । प्रकाशले उनलाई भने, ‘कम्पनीमा तालिम लिन सुरुमा १० हजार भारतीय रुपैयाँ बुझाउनुपर्छ सटही गरेर बोक्नुहोला ।’
रकम लिएर उनी ‘मोडर्न फेसन ट्रेडमार्क’ भन्ने कम्पनीमा पुगे । उनलाई लुगा प्याक गर्ने काम दिने भनेपनि उनलाई त्यहाँका कर्मचारीहरुले नेटवर्किङ शैलीमा नयाँ मान्छे ल्याउने र पैसा लगानी गरे रकम कमाउनेबारे सिकाए । मोबाइल चलाउन दिएनन् । त्यसपछि बस्नेतका परिवार सीआईबीमा पुगेका हुन् । उनलाई उद्धार गरेर नेपाल फर्काइएको छ ।
राम सुनार (नाम परिवर्तन)को कथा पनि उस्तै छ । नेपाली सेनाबाट जागिर छाडेका उनलाई फौजमा सँगै काम गरेका साथीले बोलाएर मुजफ्फरपुर पुगे । त्यहाँ सुरुमा १० हजार भारतीय रुपैयाँ बुझाएपछि थप २ लाख बुझाउनुपर्ने शर्त सुनेपछि उनले प्रहरीलाई खबर गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरोमा भेटिएका सुनार भन्छन्, ‘कम्पनीका कर्मचारीले मोबाइल अफ गर्न लगाएर तालिम दिने र रकम लगानी गर्न बाध्य बनाउने गर्दा रहेछन् ।’
नेपालबाट भारतमा बसेर नेटवर्किङ शैलीको धन्दा चलाउनेहरूमा हरिप्रसाद शिवाकोटी, त्रिलोचन तिमल्सिना, तुलेस आलेमगर, चित्र थापा मगर र समिर परियार देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकले सस्तैमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित, प्रहरीसँग झडप
-
रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधि भिडन्त बार्सिलोनासँग
-
लघुवित्त वित्तमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर