सहकारी ठगी प्रकरण : थुनछेक आदेशपछि के हुन्छ अबको प्रक्रिया ?

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश नीतिज राईको इजलासले थुकछेक आदेश दिएसँगै अब मुद्दाको थप सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।
कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले आज अदालतले थुनछेक आदेश भएको र अब सुनुवाइको अन्य प्रक्रिया सुरु हुने बताए । ‘उनले भने, ‘मुद्दाको कारबाही अदालतमा बल्ल सुरु भएको स्थिति छ’, उनले भने, ‘प्रमाण बुझ्ने काम हुन्छ । साक्षीको बकपत्र हुन्छ । प्रमाणहरु बुझेर फैसलाको प्रक्रियामा जाने हो ।’
यो थुनछेक आदेश भएकाले चित्त नबुझ्ने पक्षले उच्च अदालतमा निवेदन दिन सक्ने पनि उनको भनाइ छ ।
अदालतमा थुनछेक आदेशपछि मुद्दाको सुनुवाइ प्रक्रिया लामो समय चल्नेछ ।
अदालतले रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै, लिला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा