शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यवसायीलाई धम्की प्रकरण

लेरेन्स विश्नोइको नाममा धम्क्याउने फुयललाई ३ लाख धरौटीमा छाड्न आदेश

बिहीबार, २५ पुस २०८१, १९ : ०७
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने हरिचन्द फुयललाई अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’लाई प्रयोग गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईं राष्ट्रबैंकका गभर्नर र  व्यवसायीहरुलाई धम्की दिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । प्रसाईंसँग पनि अदालतले ३ लाख धरौटीमा मागेको छ । धम्की दिने काममा संलग्न तेह्रथुम घर भएर बिर्तामोड बस्ने रामचन्द्र मैनाली फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप