अदालतको आदेशपछि रविका समर्थकहरूमा खुसीयाली, अदालत अगाडि नाराबाजी
बिहीबार, २५ पुस २०८१, १८ : २२

कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि रविका समर्थकले खुशीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् । उनीहरुले यो जीत कसको जनताको, रवि दाइ हाइहाइ नारा लगाएका छन् । बिहीबार नै आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए । अदालतले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।