शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

चुरे तथा पर्यावरण संरक्षण अभियन्ता स्व.महतोको पाँचौँ स्मृति दिवस मनाइयो

बिहीबार, २५ पुस २०८१, १७ : ५६
बिहीबार, २५ पुस २०८१

काठमाडौँ ।  चुरे तथा पर्यावरण संरक्षण अभियन्ता स्व.ओमप्रकाश महतो (दिलीप)को पाँचौँ स्मृति दिवस मनाइएको छ । अवैध नदी दोहनको विरोध गर्दा क्रसर माफियाबाट मारिएका महतोको बिहीबार पाँचौँ स्मृति दिवस मनाइएको हो ।

ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानको आयोजना माइतीघरमा स्मृति दिवस मनाइएको छ । वि.सं. २०७६ पुस २५ मा धनुषाको मिथिला नगरपालिका ५, श्रीपुरका पर्यावरण संरक्षण अभियन्ता दिलीपको औरही खोलामा भइरहेको उत्खनन रोकाउन जाँदा टिप्परले किचेर उनको हत्या भएको थियो । 

उनको हत्या अभियोगमा जिल्ला अदालत धनुषाले २०७९ फागुनमा तीन जनालाई साढे १२ वर्षदेखि २५ वर्षसम्मको कैद सजाय आदेश दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप