एकता दिवस मनाउन हीनताबोध गर्नेले राज्य सञ्चालन गर्न सक्दैनन् : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् । राष्ट्रिय एकता दिवसका सन्दर्भमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले पृथ्वी जयन्ती तथा एकता दिवसको सरकारी तवरबाट कुनै कार्यक्रम आयोजना नगरेको भन्दै एकता दिवस मनाउन हीनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका हुन् ।
उनले हीनताबोधग्रस्त मानिसहरूलाई देशको जिम्मा दिएर देशको भविष्य सुरक्षित नहुने जिकिर गरे । पृथ्वी जयन्ती तथा एकता दिवसलाई क्यालेन्डरमा समावेश गर्न राप्रपाले सौदाबाजी गर्नुपरेको उनले बताए । उनले नेपाल भन्ने देश बनाएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत विभिन्न पदमा पुग्ने अवसर प्राप्त भएको कुरा नभुल्न सुझाव दिए ।
उनले देशको निर्माणमा पृथ्वीनारायण शाहको नेतृत्व र पुर्खाको योगदान रहे पनि पछिल्लो समय यसलाई गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयास भइरहेको बताए । ठुला भनिएका दलहरूको गलत क्रियाकलापका कारण देश जटिल भूराजनीतिक चक्रब्युहमा फस्न पुगेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा