लस एन्जलिसमा डढेलो : कुन–कुन हलिउड सेलिब्रेटीले घर गुमाए ?

लस एन्जलिस । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलिसमा मंगलबारदेखि सुरु भएको डढेलो सहर हलिउडमा प्रवेश गरेसँगै त्यहाँ रहेका सेलिब्रेटीको लाखौँ डलर पर्ने घरहरू खरानी बनेका छन् । डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन जसले गर्दा अझै थुप्रै घरहरू डढेलोको चपेटा पर्ने खतरा बढेको छ ।
६ वटा छुट्टाछुट्टै स्थानमा यति बेला आगलागी भएको छ जसले गर्दा १ हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । हालसम्म १५ हजार एकडभन्दा बढी क्षेत्रमा आगलागी फैलिएको छ ।
लस एन्जलिसमा धनीहरू बस्ने प्यासिफिक प्यालिसाडेस, मालिबु, सान्टा मोनिका, एटन कान्यन, हलिउड हिल्सलगायत क्षेत्र आगलागीबाट प्रभावित भएका छन् । जसबाट हलिउड वाक अफ फेम र हलिउड बोलजस्ता पर्यटकीय क्षेत्रहरूमा असर पुगेको छ ।
चर्चित कमेडियन बिली क्रिस्टलले आगलागीबाट प्यासिफिक प्यालिसाडेसमा रहेको आफ्नो ४६ वर्ष पुरानो घर गुमाएका छन् । त्यस्तै, रियालिटी टिभी स्टार पेरिस हिल्टनको घर पनि जलेर ध्वस्त बनेको छ । उनले टिभीमा मालिबुस्थित आफ्नो घर जलेर खरानी भएको हेर्न बाध्य भएको बताएकी छन् । ‘यस्तो कुरा कसैले अनुभव गर्न नपरोस्,’ उनले भनेकी छन् ।
यसैगरी, स्टार वार्सका अभिनेता मार्क ह्यामिल, अभिनेता टम ह्याङ्क्स र रिता विल्सका छोरा चेट ह्याङ्क्स, ओस्कार विजेता अभिनेता जेमी ली कर्टिस, ओस्कारमा मनोनयनमा परेका अभिनेता जेम्स वुड, एडम ब्रुडी र लेटन मिस्टरको घर पनि जलेको छ ।
यस्तै, आना फेरिस, किमेडियन युजिन लेभी, एन्टोनी हप्किन्स, डेन वारेन, रिची लेक र जेनिफर लभ हेविटको घर पनि ध्वस्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी