सेयर बजार
सातौँ दिनमा घट्यो नेप्से, कारोबार रकम बढ्यो
बिहीबार, २५ पुस २०८१, १५ : ५९

काठमाडौँ । ६ दिन लगातार बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।
बजार घटे पनि कारोबार रकम भने उकालो लागेको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । अन्य सबै उपसमूहको सूचक घटेको छ । समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ । आइतबार २५९१ बिन्दुमा रहेको परिसूचक आज २६३५ बिन्दुमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो