नाथम : पर्यटन प्रवर्द्धन र रोजगारीमा निरन्तर पहल
हामी प्राकृतिक र सांस्कृतिक सम्पदामा समृद्ध छौँ । त्यसैले बाह्य पर्यटकलाई आकर्षित गरी अर्थोपार्जन गर्ने सम्भावना बढी छन् । अर्थतन्त्रको मेरुदण्डमध्ये एक पर्यटन भएको हामीकहाँ पर्यटन र होटल व्यवस्थापन क्षेत्रलाई आयआर्जन सेवामुखी बनाउनुपर्नेछ ।
यही उद्देश्यले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय अन्तर्गत ‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)’ ५२ वर्षअघि (२०२९ सालमा) स्थापना भएको थियो । नाथमले सुरुमा तालिम दिने गथ्र्यो । २०५६ सालदेखि भने ‘ब्याचलर अफ होटल म्यानेजमेन्ट’ (बीएचएम चार वर्षीय), २०६१ सालदेखि ‘ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट’ (बीटीटीएम चार वर्षीय) र २०६८ सालदेखि मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (दुई वर्षीय कोर्स) सञ्चालन गरिरहेको छ ।
पर्यटन उद्योग, होटल व्यवस्थापन र हस्पिटालिटीका लागि आवश्यक दक्ष मानव संशाधन उत्पादन गर्ने नाथमले देशका दूरदराजमा आवश्यकता र स्थानीयको माग अनुसार विभिन्न सीपमूलक तालिम समेत सञ्चालन गर्दै आइरहेको छ । तीनमहिने तालिममा ‘बेसिक फुड प्रिपेरेसन’, ‘बेसिक फुड वेभरेज सर्भिस’, ‘ट्राभल एजेन्सी टिकेटिङ एन्ड फेयर कन्स्ट्रक्सन’ लगायत तालिम छन् । एकमहिने तालिममा ‘होटल हाउसकिपिङ’, ‘बेसिक हाउसकिपिङ’, ‘इन्डियन कुकरी’, ‘चाइनिज कुकरी’, ‘बेकरी, बारिस्टा’, ‘बारटेन्डिङ’, ‘फुड एन्ड वेभरिज सर्भिस’, ‘फुड प्रडक्सन इन सर्भिस’ तालिम सञ्चालन गर्दै आइरहेको छ ।
१५ दिने तालिममा ‘ट्रेकिङ पोर्टर गाइड’, ‘रिभर गाइड’ तालिमका साथै १० हप्ते ‘टुरिस्ट गाइड’, ‘पाँच हप्ते टे«किङ गाइड’, ‘एकहप्ते लियजन अफिसर’ आदि छन् भने १० दिने साना होटल तथा लज तालिम, सातदिने होमस्टे व्यवस्थापन तालिम, तीनदिने हस्पिटालिटी एन्ड फुड सेप्टी तालिम, १० दिने लोकल टुर गाइड, १५ दिने नेचर गाइड तालिम समेत यसले दिने गरिएको छ । हालसम्म १० हजार ११५ जनाले विभिन्न तालिम लिएका छन् ।
योसँगै नाथमले पर्वतारोहण सम्पर्क अधिकृत तालिम सञ्चालन गरी हिमाल आरोहण गर्न जाने दलसँग अनुभवी सरकारी प्रतिनिधि प्रशिक्षित गर्दै आइरहेको छ ।
हस्पिटालिटी क्षेत्रमा शिक्षा र तालिम दिँदै आइरहेको नाथमले हालसम्म ५६ हजार ८ सय ९७ जना जनशक्ति उत्पादन गरिसकेको छ । यहाँबाट उत्पादित जनशक्तिले देश तथा विदेशमा रोजगारीका अवसर पाइरहेका छन् ।
हस्पिटालिटी क्षेत्रमा शिक्षा र तालिम दिँदै आइरहेको नाथमले हालसम्म ५६ हजार ८ सय ९७ जना जनशक्ति उत्पादन गरिसकेको छ । यहाँबाट उत्पादित जनशक्तिले देश तथा विदेशमा रोजगारीका अवसर पाइरहेका छन् ।
नेपालमा आएका पर्यटकलाई गाइड गर्न ६ हजार २७५ टुरिस्ट गाइड यसैका उत्पादन हुन् । यस्तै यहाँबाट सात हजार ६४३ जनाले होटल तालिम लिएर विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । ब्याचलर अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम चार वर्षे कोर्स)बाट एक हजार ६१२ दक्ष जनशक्ति उत्पादन भई देशकै अर्थतन्त्रमा टेवा पुर्याउने काम गरिरहेका छन् ।
‘ब्याचलर अफ होटल म्यानेजमेन्ट’ (चार वर्षे कोर्स)बाट दुई हजार ४६० जना दक्ष जनशक्ति उत्पादन भएका छन् । यीमध्ये कतिपयले विभिन्न मुलुकमा राम्रो रोजगारी पाएका छन् । ‘मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट’बाट ३४९ विद्यार्थी उत्तीर्ण भएर स्वदेश तथा विदेशमा रोजगारको अवसर लिइरहेका छन् । अन्य टुरिजम तालिमबाट सात हजार ६७२ जनाले सीप हासिल गरी स्वदेश तथा विदेशमा काम गरिरहेका छन् ।
काठमाडौँको रविभवनबाट देशैभरि शैक्षिक र तालिममार्फत उच्च गुणस्तरीय सेवा दिँदै आएको नाथमले स्थानीय नागरिकको माग बमोजिम महोत्तरीको बर्दिबासमा शाखा कार्यालय स्थापना गरी शाखा कार्यालय सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिभिल एभिएसन अथोरिटी अफ् नेपाल, सुआन डुसिट राजाभाट युनिभर्सिटी थाइल्यान्ड, युहोफा इन्टरनेसनल, नेसान भोकेसनल एन्ड टेक्निकल कलेज चाइना, इन्टरनेसनल होटल एन्ड रेस्टुरेन्ट एसोसिएसन, हैनान कलेज अफ् भोकेसन एन्ड टेक्निक चाइना, प्यासिफिक एसिया ट्राभल (पाटा) स्टुडेन्ट चाप्टर, नेपाल एयर लाइन्ससँग सम्बन्धन लिएको नाथमले चार वर्षे ब्याचलर अफ होटल म्यानेजमेन्टका विद्यार्थीलाई पाँचौँ सेमेस्टरपछि एक वर्षे स्वदेश तथा विदेशमा इन्टर्नसिपको पाठ्यक्रममा व्यवस्था भए अनुरूप स्वदेश तथा विदेशमा पठाउने गरेको छ ।
सन् २०२२ देखि संस्थागत रूपमा फ्रान्सको ‘साभोइ लेमन होटल स्कुल’सँग विद्यार्थीको इन्टर्नसिपको व्यवस्था एवं विद्यार्थी आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएअनुरूप विद्यार्थीलाई इन्टर्नसिपमा नाथमले पठाइरहेको छ ।
नेपाल सरकारकी सहसचिव तथा नाथमकी कार्यकारी निर्देशक संगीता ओझाले नाथमबाट सञ्चालन हुने शैक्षिक कार्यक्रम र तालिम उच्च गुणस्तरको रहेकाले यसबाट दक्ष जनशक्ति उत्पादन भइरहेको बताउँछिन् । ‘लामो तथा छोटो अवधिको तालिम प्राप्त प्रशिक्षार्थी तथा शैक्षिक प्रमाणपत्र हासिल गरेका विद्यार्थीको माग विदेशमा समेत उच्च भएकाले सीप र योग्यता कदरसहित देशमा पनि उच्च तहको रेमिट्यान्स प्राप्तिमा सहयोग भइरहेको अवस्था छ,’ कार्यकारी निर्देशक ओझाले भनिन्, ‘पर्यटन क्षेत्रसँग सम्बन्धित विषयमा शैक्षिक कार्यक्रम, तालिम, तथा अनुसन्धानमार्फत आफ्नो एउटा अमूल्य छाप छाड्न सफल नाथमले आगामी दिनमा समय सामयिक पाठ्यक्रम, नयाँ शैक्षिक कार्यक्रम तथा स्थानीय तहका जनताको माग समेत सम्बोधन गर्न सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेको छ ।’
काठमाडौँको रविभवनस्थित २९ रोपनी क्षेत्रफलमा फैलिएको नाथममा शैक्षिक र तालिमका लागि दुईवटा छुट्टाछुट्टै भवन छन् । यस्तै २० वटा मोडल होटल रुम रहेका छन्, जसमा ब्याचलर अफ होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले प्राक्टिकलका लागि प्रयोग गरिरहेका छन् ।
विभिन्न कार्यक्रमका लागि प्रयोग गर्न सकिने सुविधा सम्पन्न मल्टिप्रपोज हल रहेको नाथमसँग क्याफ्टेरिया, सुविधासम्पन्न कम्प्युटर ल्याब, ट्रेनिङ रेस्टुरेन्ट, ट्राभल एन्ड टुरिजम डेमोसेसन ल्याब, फुड साइन्स ल्याब, लाइब्रेरी, टे«निङ किचेन, नाथम क्लिनिक आदि छन् । यस्तै खेलतर्फ बास्केट बल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, नाथम म्युजिक रुम, नाथम रिसर्च युनिट, वाल क्लाइबिङजस्ता पर्याप्त भौतिक संरचना छन् ।
(लेखिका नेपाल पत्रकार महासंघ सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरौटीमा छुटेका रवि घर पुगे, शुक्रबार काठमाडौंं जिल्ला अदालत उपस्थित हुने
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ