हलिउडसम्मै पुग्यो लस एञ्जलको जंगलको डढेलो
वासिङटन डीसी । अमेरिकाको क्यालिफोर्निया राज्यको प्रमुख सहर लस एन्जलस (एलए)यतिबेला जंगलमा फैलिएको डढेलोको चपेटामा परेको छ । डढेलो यति छिटो छिटो सहरमा फैलिरहेको छ कि नियन्त्रण गर्न झन् झन् सकस पर्दै गएको छ ।
डढेलो जंगल नजिकैको आवासीय क्षेत्रहरूसम्म पुगेको छ । डढेलोमा परेर धेरै घरहरू जलेका छन् भने सवारी साधनहरू पनि खरानी भएका छन् । अहिलेसम्म हजारौँ मानिसहरूले आफ्नो घर खाली गराइसकेका छन् ।
मंगलबारदेखि डढेलो सुरु भएयताको तीन दिनमा ४ हजार ८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । आगलागीका कारण करिब १ हजार ९०० भवनहरू पूर्ण रूपमा जलेका छन् भने २८ हजार घरहरू क्षतिग्रस्त भएको बताइएको छ । डढेलोका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । करिब ५० हजार मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न भनिएको छ । करिब ३ लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रशासनले सहरमा आपतकाल घोषणा गरेको छ । तीव्र गतिमा बहिरहेको हावाका कारण धेरै ठाउँहरूमा आगोको आँधी जस्तो स्थिति उत्पन्न भएको छ ।
आगलागीका कारण एलएको ब्रेटनवुड क्षेत्रमा रहेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न निर्देशन दिइएको छ । एल ए अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी हो । यहाँ १ करोडभन्दा बढी मानिसहरू बसोबास गर्छन् । आगलागीले सहरको पालिसेड्स क्षेत्रमा रहेका धेरै हलिउड स्टारहरूको बङ्गलाहरू खरानी भएका छन् । पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, एश्टन कुचर लगायतधेरै हलिउड स्टारहरूको घर डढेलोको चपेटामा आएको छ । अन्य कयौँ सेलिब्रेटीहरूले घर छोड्नु परेको छ ।
डढेलोले हलिउड हिल्समा रहेको अमेरिकी फिल्म उद्योगको पहिचानको रुपमा रहेको ‘हलिउड बोर्ड’लाई पनि जलाउने हो कि भन्न चिन्ता गर्न थालिएको छ । एलएमा हलिउड नामको एउटा ठाउँ छ । यही नामबाट अमेरिकी फिल्म उद्योगको नाम हलिउड राखिएको हो । डढेलोको असर ओस्कर अवार्ड २०२५ मा पनि परेको छ । एकेडेमी अफ मोशन पिक्चर आट्र्स एण्ड साइन्सेसले ओस्कर मनोनयन मतदान विन्डो स्थगित गरेको छ । जनवरी ८ मा लगभग १०,००० एकेडेमी सदस्यहरूको लागि मतदान सुरु भएको थियो । मतदान जनवरी १२ मा बन्द हुँदैनथ्यो । तर डढेलो प्रभावित सदस्यको मतदानका लागि म्याद जनवरी १४ सम्म बढाइएको खबरहरू आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको कार्यालय पुगेर खामभित्र घुस दिने सापकोटाविरूद्ध मुद्दा दायर
-
टीकापुर जग्गा हिनामिना प्रकरणमा ८७ जना दोषी ठहर
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान