कमिन्सले च्याम्पियन्स ट्रफी खेल्नेमा शंका

सिड्नी । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको आईसीसी च्याम्पियन्स ट्रफी खेल्नेमा शंका उत्पन्न भएको छ । उनको खुट्टामा चोट लागेको छ, जसका लागि उनको स्क्यान गर्नुपर्नेछ।
अस्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले प्याट कमिन्सको फिटनेसको बारेमा जानकारी दिएका छन् । बेलीले भने, ‘प्याट दोस्रो पटक बुवा बन्न लागेका छन्, जसका लागि उनी अहिले ब्रेकमा छन् । उनको खुट्टामा हल्का चोट लागेको छ । उनको अर्को हप्ता स्क्यान हुनेछ, त्यसपछि उनको चोटको अवस्था थाहा हुनेछ।’
जब उनलाई कमिन्सले च्याम्पियन्स ट्रफी खेल्न पाउनेछन् कि पाउँदैनन् भनेर सोध्दा उनले भने, ‘अहिले नै केही भन्न मिल्दैन । स्क्यान रिपोर्ट हेरेपछि मात्र निर्णय हुनेछ ।’
अस्ट्रेलियाले भर्खरै पट कमिन्सको कप्तानीमा भारतविरुद्ध बोर्डर-गावस्कर ट्रफी (बीजीटी) ३-१ ले जितेको थियो। बीजीटीमा कमिन्स टोलीका सर्वाधिक विकेट लिने खेलाडी थिए। उनले आफ्नो टोलीलाई २०२३ को एकदिवसीय विश्वकपको उपाधि पनि दिलाएका थिए।
पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ बाट सुरु भई मार्च ९ सम्म चल्नेछ । च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको पहिलो खेल २२ फेब्रुअरीमा पाकिस्तानसँग हुनेछ । समूह–२ मा अस्ट्रेलियासँगै इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् ।
यता, अस्ट्रेलियाले श्रीलंकाविरुद्धको टेष्ट सिरिजको घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । नियमित कप्तान प्याट कमिन्सले यो सिरिज गुमाउने छन् । उनको अनुपस्थितिमा टोलीको कप्तानी स्टिभ स्मिथले गर्नेछन् ।
विश्व टेस्ट च्याम्पियनसिप २०२३-२५ को फाइनल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच हुने भएको छ । फाइनल खेल जुन ११ देखि लर्ड्स मैदानमा हुनेछ ।
अस्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । उता दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्नेछ । सन् २०२३ मा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बीरमा वर्षा परेपछि खुलेको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने