सरकारको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा: प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्जको विकासमा सरकार र राजनीतिक दलहरूले बेइमानी गरेको टिप्पणी गरेका छन् । सरकार र नेताहरूको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा परेको उनको भनाइ छ ।
वीरगन्ज स्थित नारायणी रङ्गशालाको आज निरीक्षण गर्दै आजपा अध्यक्ष साहले सरकारको दोहोरो चरित्रका कारण नारायणी रङ्गशाला जीर्ण बनेको बताए । केही चोर नेताहरूका कारण नारायणी रङ्गशाला जीर्ण भएको र विभेदको सिकार बनेको बताउँदै अब प्रभु साह चुप लागेर नबस्ने चेतावनी समेत उनले दिए ।
‘केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर वीरगन्ज आउनुभएको थियो । के उहाँको नजरमा यो नारायणी रंगशाला परेन ? के ठाकुरराम बहुमुखी क्याम्पस, नारायणी अस्पताल, चिनी मिल, कृषि औजार कारखाना उहाँको नजर परेन ? यहाँको घण्टाघर पञ्चायतकालमा बन्यो के उहाँको योगदान केही हुनुपरेन ?’, वीरगन्जको विकासको बारेमा प्रश्न गर्दै साहले भने, ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने ? यहाँको विकासको बारेमा केही नसोच्ने ? उहाँको अगाडिपछाडि गर्नेलाई सोध्ने बेला भएको छ । कि त्यो पार्टी छोड या यहाँको विकासको बारेमा केही गर । वीरगन्जमा लुट्ने काम मात्रै उनीहरूले गरे ।’
वीरगन्जबाट राजस्व लिने तर वीरगन्जको विकासका लागि सरकारले केही नगर्ने हो भने जनताले हिसाब किताब गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले