नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताए । नेपाल एयरलाइन्सलाई सुधार गर्नका लागि समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको बताए । समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको बताए । उनले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स सेवाप्रदायक संस्था भएकाले एकअर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले सहकार्य हार्दिकता बिना प्रतिफल नमिल्ने बताए ।
पर्यटनमन्त्री पाण्डेले भने, ‘क्यान र नेपाल एयरलाइन्सबिचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ । क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो । तर क्यान सेवा प्रदायक संस्था पनि हो । सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अफ्ठ्यारो पर्छ ।
आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौँ । हामी अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन की यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छोड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ, मन्त्रालयले पनि गर्छ । जसरी चलिरेहका छौँ, त्यही ठिक छ भन्ने ढंगले हुँदैन, केही न केही समस्या छ, त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ ।’
मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको स्कोप कहिल्यै नघट्ने दाबी गरे । वायुसेवा निगमले सेवा दिनसके यात्रुको कमी नहुने बताए । विमानस्थल बढेसँगै एयरक्राफ्टको संख्या पनि बढेको खण्डमा वायुसेवालाई निकै सुदृढ गर्न सकिने बताए । नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोशी र गण्डकी) मा ठूलो जहाजहरु उड्ने विमानस्थल बनाउन जरुरी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि ६५ लाख धरौटी बुझाएर थुनामुक्तदेखि दुर्गा प्रसाईंका सहयोगीले ३ लाख बुझाउन नसक्दा कारागार चलानसम्म
-
जिप तोडफोड गर्नेविरुद्ध आपराधिक उपद्रव मुद्दा
-
रुपन्देहीमा विभित्र मुद्दामा फरार १२ जना पक्राउ
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
-
हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण