शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

हरिवंशको ‘भूठान’ वैशाख १२ मा आउने

बिहीबार, २५ पुस २०८१, १३ : ३९
बिहीबार, २५ पुस २०८१

काठमाडौँ  । कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ नयाँ वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्सको रुपमा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति जानकारी गराएको हो ।

अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्ममा हरिवंशको अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजाचन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीका साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डनको पनि अभिनय छ ।  हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । 

सन् २०१९ मा पहिलो फिल्म ‘बुलबुल’ निर्देशन गरेर ९२ औँ अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनीत एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो निर्देशनको दोस्रो फिल्म हो । निर्देशक पौडेलका अनुसार यो फिल्म संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महसुस गर्नेमा आफू विश्वस्त रहेको बताउँछन् ।

फिल्ममा हरिवंशको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अदभूत अभिनय देख्न पाइने निर्माता मध्येका एक अविरल थापाले बताए । हरिवंशको जीवनकै कालजयी फिल्म यो हुने उनको भनाई छ ।

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार  विश्वभरिका सिनेमा हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस फिल्मलाई एकै मितिमा प्रदर्शन गर्नका लागि पनि काम भइरहेको छ ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको यस फिल्म ‘भूठान’ ( द वर्ल्डस ह्याप्पिएस्ट म्यान ) को सम्पूर्ण छायाङ्कन अमेरिकामा केही महिना अघि सम्पन्न भएको हो ।

फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा रहेका छन् । कार्यकारी निर्माता विकाश भिटो अधिकारी, एल एन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल र सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं)र नवराज पराजुली छन् । 

फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, अन्जय खड्काको सम्पादन छ । फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप