अपडेट : भोलिसम्म पैसा तिर्ने सर्तमा जोडियो कांग्रेस संसदीय दल कार्यालयको लाइन
बिहीबार, २५ पुस २०८१, १३ : ०८

काठमाडौँ । पैसा नतिरेपछि काटिएको नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारको बत्तीको लाइन पुन: जोडिएको छ । संघीय संसद् सचिवालयले बत्तीको पैसा नतिरिदिएपछि आज बिहानैदेखि कांग्रेस संसदीय दलको कार्यकालको बत्तीको लाइन काटिएको थियो ।
बत्तीको पैसा तीन महिना अर्थात् ९० दिनसम्म नतिरेपछि नेपाल विद्युत् प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा रहेको सफ्टवेयरले स्वचालित रूपमा लाइन काट्छ । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार करिब ६५ हजार रुपैयाँ तिर्न बाँकी छ ।
भोलिसम्म पैसा तिर्ने सर्तमा उर्जा मन्त्रीलाई भन्न लगाएर काटिएको बिजुलीको लाइन जोडिएको एक कर्मचारीले जानकारी दिए । बिहान १० बजे काटिएको लाइन प्राधिकरणबाट १:१५ बजे पुन: जडान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो