यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : पूर्वमन्त्री किराती

काठमाडौँ । पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव नभएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकमा किरातीले निगमको प्रयासले मात्र निगम सुधार सम्भव नभएको बताएका हुन् ।
किरातीले आफू मन्त्री हुँदा जहाज किन्न लगाएको टेण्डर प्रक्रिया कहाँ पुग्यो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग प्रश्न गरेका थिए ।
साथै निगमसँग जहाज हुनुपर्ने अनिवार्य सर्त भएका भन्दै उनले जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा घरेलु मैदान नै खाली भएको प्रतिक्रिया राखेका थिए । जहाजको अभावसँगै बजार हस्तक्षेप नहुँदा भाडा नियन्त्रण नभएकाले जनता प्रत्यक्ष मारमा परेको किरातीको भनाइ छ ।
‘मैले जहाज किन्ने टेण्डर लगाएको कहाँ गयो ? सरकार अभिछिन्न उत्तराधिकारी हो कि होइन ?’, मन्त्री पाण्डेसँग किरातीले प्रश्न गर्दै भने ।’
आज निगम दुहुना गाई जस्तै भएको, एकल प्रयासले मात्र सुधार सम्भव नभएको भन्दै यसकाल लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ
-
धरानको पानबारीस्थित जङ्गलमा एक महिला मृत फेला, हत्या गरेको आशङ्का
-
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर