शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

बिहीबार, २५ पुस २०८१, १२ : ४१
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।

  • काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले ना.१ ज ८७५७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त परिमाणको लागुऔषध सहित पक्राउ गरेको हो ।  
  • बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तियाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुर र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरवाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे. ११ प ६७६५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङराकटानबाट अवैध लागुऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्नालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित कञ्चनपुर भिमदत्त नगरपालिका-१० बस्ने २६ वर्षीय तपेन्द्र पाली समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ५२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो 
  • बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बस्ने ३४ वर्षीय धनिराम थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • मोरङ, उर्लाबारी नगरपालिका-१ डाँगीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागुऔषध स्पास्पेन १ सय ट्याब्लेट, ट्रामाडोल १ सय ट्याब्लेट र मोबाइल ६ थान सहित सोही ठाउँ बस्ने अमर मगर समेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  
  • धनकुटा, साँगुरीगढी गाउँपालिका-९ चाँदीबजारबाट अवैध लागुऔषध गाँजा करिब १ सय २० किलोग्राम सहित शहिदभूमि गाउँपालिका-१ गुर्दुम बस्ने ३४ वर्षीय नकुल राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका ५ वटा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको ५ वटा मोटरसाइकल समेत बरामद गरेको छ । साथै प्रहरीले मोटरसाइकल छोडी हाल फरार भएका २ जनाको खोजी गरिरहेको छ । 
  • दाङ, घोराही उपमहानगरपालिका-१३ सिर्जनशील टोलबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ २४ किलो ७ सय १० ग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-२ घर भएका ३९ वर्षीय निम बहादुर आले, नौबहिनी गाउँपालिका-२ घर भएका २१ वर्षीया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भएका २९ वर्षीय प्रकाश घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप