बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

गोलबजार नगरपालिकाको १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न

बिहीबार, २५ पुस २०८१, १२ : २८
बिहीबार, २५ पुस २०८१

सिराहा । सिराहाको गोलबजार नगरपालिकाले १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१–८२ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गरेको हो । 

नगरसभामा नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मान्ती देवी साह, वडाध्यक्षहरू कार्यपालिका सदस्य, र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले गोलबजारलाई समृद्ध नगरका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्धता अनुरूप योजनाहरू तर्जुमा गरिएको बताए । प्रमुख श्रेष्ठले नगरवासीसँगको सहकार्य र सहभागिताको माध्यमबाट विकासका कार्यलाई तीव्रता दिने बताएका छन्। सभाले जलवायु परिवर्तन र वातावरण संरक्षणलाई ध्यानमा राखी हरियाली प्रवर्द्धनका कार्यक्रमहरू लागू गर्ने निर्णय गरेको छ ।

नगरसभामा विगतका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा भएका चुनौतीहरूको समाधान गर्न नयाँ रणनीतिहरू अघि सारिएको बताउँदै  पालिकाले आगामी वर्षमा विकास र सेवामा अझ प्रभावकारी हुने योजना तयार पारिएको जनाए ।

सभाले गोलबजारका प्रमुख समस्याहरू समाधान गर्न ठोस योजना लागू गर्न निर्णय गर्दै नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरूमा गोलबजार नगरपालिकाले प्राथमिकता दिने हिउँदे नगर अधिवेशनमा पारित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप