गाजामा भेटियो इजरायली बन्दी युसुफ ज्यादनाको शव

गाजा । हमासले बन्धक बनाएर लगेका एक इजरायलीको शव गाजामा फेला पारेको इजरायली सेनाले बताएको छ । अर्को व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने प्रमाण फेला पारेको उनीहरूले बताएका छन् ।
मंगलबार दक्षिणी रफाह क्षेत्रमा रहेको एउटा सुरुङमा ५३ वर्षीय युसुफ ज्यादनाको शव फेला परेको थियो । युसुफका २२ वर्षका छोरा हमजाबारे पनि आफूले जानकारी प्राप्त गरेको र यसले चिन्ता बढाएको इजरायली सेनाले भनेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो खबरप्रति दुःख व्यक्त गरेका छन् ।
७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमणको क्रममा युसुफ र उनको छोरालाई हमासका बन्दुकधारीहरूले बन्धक बनाएका थिए । हमजाका दुई भाइ बहिनी आइशा र बिलाललाई पनि किबुट्ज फार्मबाट उनीसँगै बन्धक बनाएर लगिएको थियो । नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविरामको क्रममा हमासले १०५ बन्धकहरूलाई रिहा गरेको थियो । रिहा हुनेमा आइशा र बिलाल पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू