इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु
बिहीबार, २५ पुस २०८१, ११ : १८

एजेन्सी । इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित तीन प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली ड्रोनले शहरका युवाहरूको समूहमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । इजरायली वायु सेनाको विमानले तामौन क्षेत्रमा एउटा समूहलाई लक्षित गरेको इजरायली सेनाले बताएको छ ।
यो २४ घण्टाभित्र शहरमा दोस्रो हवाई आक्रमण हो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकका शहर, गाउँ र शिविरहरूमा तनाव बढ्दै गएको छ ।
जसको परिणामस्वरूप इजरायली गोलीबारी र गोलाबारीबाट ८ सय भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए