तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, २५ पुस २०८१, १० : ३०

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य वृद्धि भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन