दुई दलीय तानाशाही चाहिएको छैन, सङ्घर्षका लागि तयार छौँ : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले दुई दलीय तानाशाही नचाहिएको बताएका छन् । साथै उनले सरकारले निर्वाचन कानुन संशोधनका क्रममा सङ्घमा ५ र प्रदेशमा ३ प्रतिशत थ्रेसहोल्ड राख्न तयारी गरेको भन्दै त्यसलाई नेपाली जनताले नस्विकार्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै राउतले भनेका छन्, ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकी उनीहरूले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउन् ।’
उनले कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सक्नुपर्ने पनि राउतको भनाइ छ ।
‘त्यस विपरीत ६–७ लाख गर्दै दसौँ लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठुला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन’, राउतले यदि त्यसरी कानुन संशोधन गरे सङ्घर्ष गर्न तयार रहेको बताएका छन् । ‘हामी सङ्घर्षका लागि तयार छौँ । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन’, राउतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने