रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
बिहीबार, २५ पुस २०८१, १० : १५

किभ । रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको दाबी युक्रेनले गरेको छ । उक्त हमलामा अन्य ३२ जना घाइते भएको जनाइएको छ ।
युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको हो । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको उनले बताए ।
रुसले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसको आतंकवाद’ विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह गरेका छन् ।