आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु
बिहीबार, २५ पुस २०८१, ०८ : ५९
नयाँ दिल्ली । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिएको छ । यस भागदौडमा अहिलेसम्म मर्नेको संख्या ६ पुगेको छ । मन्दिरको वैकुण्ठ द्वारको दर्शनका लागि टोकन वितरण गरिँदै गर्दा भागदौड मच्चिएको हो ।
यस घटनामा धेरै मानिसहरू घाइते भएको बताइएको छ । यस घटनाले आफूलाई स्तब्ध बनाएको अन्ध्र प्रदेशका मुख्यमन्त्री एन। चन्द्रबाबु नायडुले एक्समा एउटा पोस्टमा भनेका छन् ।
केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । जनवरी १० देखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनको लागि यतिबेला तिरुपतिमा भक्तजनको भीड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा