लस एन्जलसमा आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु

वासिङ्टन डीसी । अमेरिकाको लस एन्जलसमा जङ्गलमा भएको आगलागीमा मर्नेको संख्या पाँच पुगेको छ । लस एन्जलस शेरिफको कार्यालयले मृत्युको पुष्टि गरेको हो । यसअघि अधिकारीहरूले दुई जनाको मृत्युको पुष्टि गरेका थिए । दुवै मृत्यु अल्टाडेना क्षेत्रमा रहेको इटनमा आगलागीका कारण भएको बताइएको छ ।
लस एन्जलस काउन्टी अग्नि नियन्त्रक प्रमुख एन्थोनी म्यारोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकडसम्म फैलिएको छ । यो अझै नियन्त्रणमा आएको छैन ।
‘दुर्भाग्यवश पाँच जनाको मृत्यु भएको छ र केही घाइते भएका छन् । अहिलेसम्म एक हजारभन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।’ उनले भने ।
एरिजोना सहित क्यालिफोर्निया बाहिरका अधिकारीहरू अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न आएको पनि उनले बताए । आगलागीलाई हेरेर लस एञ्जलसमा आपत्काल घोषणा गरिएको छ । सर्वसाधारणहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु