आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, २५ पुस २०८१, ०८ : ४०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक बिहान ८ बजेबाट सुरु भएको छ ।
बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भइरहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
-
जब कैँची बोकेर मलाइकाको घरमा एक युवती पुगिन्
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम