अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
बिहीबार, २५ पुस २०८१, ०७ : ००

कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।
चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोशेढुङ्गा’ १२ भदौबाट प्रदर्शनमा आउने
-
हरिरामले ल्याए ‘यतिबेला दरौँदी खोला’ गीत
-
युएनका कर्मचारीको गोली हानी हत्या गरेको इजरायलद्वारा स्वीकार
-
बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन