शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीय संसदमा प्रधानमन्त्रीको जवाफ (लाइभ)

आइतबार, १३ जेठ २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिँदैछन् । 

ती दुई बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए। 

गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

उक्त नीति तथा कार्यक्रममाथि दुवै सदनमा तीन दिन सम्म भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आज दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया