प्रिमियर लिग लिडर लिभरपुलले पनि काराबाओ सेमिफाइनल पहिलो लेग गुमायो
बिहीबार, २५ पुस २०८१, ०४ : १६

काठमाडौं । इएफएल अर्थात् काराबाओ कपको सेमिफाइनल पहिलो लेगको खेलमा प्रिमियर लिग लिडर लिभरपुल हारेको छ ।
लिभरपुलले पहिलो लेग टोटनह्याम हटस्परसँग शून्यकाविरुद्ध एक गोलले हारेको हो । फाइनल पुग्नलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले फराकिलो अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।
यसअघि मंगलबार राती भएको खेलमा आर्सनलले न्यूक्यासलसँग पहिलो लेग गुमाएको थियो । आर्सनलले झन् २-० को चोट व्यहोरेको छ । दुबै सेमिफाइनल दोस्रो लेगपछि फाइनल मार्च १६, वेम्बलीमा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
-
‘लाठे’ लोकतन्त्र किन लड्बडायो ?
-
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
-
गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह