अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
बिहीबार, २५ पुस २०८१, ०० : ४९

काठमाडौं । अमेरिकाको लस एन्जेलसमा जंगलमा लागेको डढेलो शहर पस्न नदिने प्रयासका दौरान दुई जनाको मृत्यु भएको छ भने कयौँ व्यक्ति घाइते भएका छन् ।
एलए फायर चिफ क्रिष्टिन क्रोलीका अनुसार चारैतर्फ लागेको आगोमध्य पालिसेड्स, ईटन, हस्र्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ भने आपतकालीन सेवालाई पूर्ण क्षमताका साथ अघि बढाइएको छ ।
अधिकारीहरु भन्छन्, ‘यालिसेड्समा मंगलबारबाट लागेको आगोले एक हजार बढी संरचनाहरु ध्वस्त भएका छन् । र, २७ हजार मानिसलाई अन्यत्र सारिएको छ ।’
ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ भने कयौँले अहिलेसम्म नदेखिएको डढेलोका रुपमा चित्रित गरेका छन् । ह्वाइटहाउसले आपतकालीन अवस्थाको आँकलन गरेर शीघ्र कारबाहीका लागि निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो
-
व्यावसायिक विद्युत उत्पादन मिति थप्न इप्पानको विद्युत् प्राधिकरणसँग माग
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?