ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
बुधबार, २४ पुस २०८१, २२ : २४
काठमाडौँ । हत्या गरेर फरार भएका प्रतिवादीलाई प्रहरीले नुवाकोटबाट २४ वर्षपछि पक्राउ गरेको छ । तारकेश्वर गाउँपालिका–५ स्थित काभ्रे गाउँ घर भएका छेप्पा तामाङ उर्फ ‘माइला’लाई २४ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले रातोपाटीलाई बताए ।
उनले विदुर नगरपालिका–१३ स्थित ५३ वर्षीय लक्ष्मण तामाङको हत्या गरेका थिए । उच्च अदालत पाटनले २०५७ माघमा उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । लामो समय भारत तथा नेपालका विभिन्न ठाउँमा लुकेर उनी पछिल्लो समय नुवाकोट फर्केका हुन् ।
उनलाई तारकेश्वरको लिग्लेनीबाट पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको डीएसपी भारतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने
-
१५ लाख ‘एचपीभी’ खोप आइपुग्यो
-
यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : पूर्वमन्त्री किराती
-
ट्रम्पको शपथ ग्रहण समारोहका लागि चन्दा दिने होडबाजी, अहिलेसम्म उठिसक्यो १७ करोड डलर
-
अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने, शुल्क लिन नपाउने
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु