बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा बलात्कार आरोपमा पक्राउ

बुधबार, २४ पुस २०८१, २२ : ०४
बुधबार, २४ पुस २०८१

काठमाडौँ । नेकपा (एमाले)का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौँको शंकरापुर नगरपालिका–१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ । पक्राउ परेपछि नेकपा (एमाले)काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप