प्रसाईंका मान्छेले व्यापारीलाई धम्क्याउन लगाए, तर कबुल गरेको रकम दिएनन् : हरिचन्द्र

काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाम लिएर नेपालमा व्यापारीलाई धम्की दिने हरिचन्द्र फुयल उर्फ नविनविरुद्ध आपराधिक लाभ र संगठित अपराध गरेको कसुरमा मुद्दा दर्ता भएको छ । झापाको मेचिनगर–१३ स्थित चारआलीमा बस्ने फुयलले दुर्गा प्रसाईं निकट रामचन्द्र मैनाली र बिर्तामोडका राकेश मैनालीले आफूलाई रकम दिएर नेपालका व्यवसायीलाई धम्की दिन लगाएको बयान दिएका छन् ।
पाँचथर र इलामबाट नौनी घिउ कलेक्सन गरेर आसाम र मणिपुर लगेर बेच्दै आएका हरिचन्द्रले आफूले भरतबाट नेपालका व्यवासायी दिपेन्द्र अग्रवाललाई धम्की दिएको अनुसन्धान अधिकृतहरुसँग स्वीकार गरेका छन् । तर, धम्की दिएबापत प्रसाईं समूहले कबुल गरेको ३ लाख रुपैयाँ नपाएको उनले बताएका छन् ।
प्रसाईंले आफू समेतलाई दिने भनेर गुलाम भन्ने व्यक्तिको खातामा ५ लाख डिपोजिट गरेको बताएपनि सो रकम आफूले नपाएको उनले बताएका छन् । ‘फोनमा मैले दुर्गा प्रसाईंलाई सहयोग गरे बापतको मलाई दिने भनेको रकम ३ लाखको बारेमा दुर्गा प्रसाईंसँग कुरा भएको हो । तर, पैसा गुलाम भन्ने व्यक्तिको नेपाल बैंकको खातामा म समेतलाई दिने भनेर ५ लाख डिपोजिट गरेको भौचर मेरो मोबाइलमा पठाएको छ ।’
भौचर पठाए पनि कबुल गरेको ३ लाख रुपैयाँ नपाएको उनले बताएका छन् । बयानमा फुयलले भनेका छन्, ‘दुर्गा प्रसाईंले भने अनुसार धम्क्याए बापतको रकमको भौचर पठाएपछि, रकम मैले पाएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू