नागरिकलाई अनुभूत हुनेगरी विकासका काम गर्नुपर्छ : मन्त्री मास्के
हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले नागरिकलाई अनुभूत हुने गरी विकासका काम अघि बढाउन जरुरी रहेको बताएका छन् । मन्त्री मास्केले नागरिकको आवश्यकता अनुसारको विकासका काम अघि बढाउन जरुरी रहेको बताए ।
भीमफेदी गाउँपालिका वडा नम्बर–६ स्थित माण्डु खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्दै मन्त्री मास्केले जनतालाई डेलिभरी दिनु वर्तमान सरकारको दायित्व भएको बताए । नागरिकहरू माझमा रहेका नैराश्य अन्त्य गर्न प्रदेश सरकार र मातहतका निकायले जिम्मेवार ढङ्गबाट काम गर्नुपर्ने बताए । विकास निर्माणको कामलाई व्यवस्थित र पारदर्शी बनाउन र नागरिक लक्षित भएर काम गर्न निर्देशन दिए ।
मन्त्री मास्केका अनुसार प्रदेश सरकारको पूर्वाधार विकासमा पर्याप्त स्रोत नभए पनि नागरिकलाई सहज सेवा प्रदान गर्ने गरी काम गर्नुपर्नेछ । सीमित स्रोत र साधनका बाबजुद पनि सरकारले विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
उनले आगामी दिनमा पनि विकास निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले सशक्त ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गत असोजको विपद्ले प्रादेशिक सडक गुरुयोजना अन्तर्गतका सडक र पुलहरूमा ठुलो क्षति भएको उनले बताए । सो संरचनाहरूको पुनः निर्माणका लागि स्रोत व्यवस्थापन गरेर काम गर्ने काम भइरहेको उनले बताए ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पूर्वाधार निर्माणमा वर्तमान सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताए । आगामी दिनमा स्थानीय तहको आवश्यकता अनुसार प्रदेश सरकारले बजेट विनियोजन गरी विकास निर्माणको काम गर्ने उनले विश्वास व्यक्त गरे ।
हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भैँसे भीमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत प्रदेश यातायात पूर्वाधार निर्देशनालय मार्फत् १२ करोड ३० लाख ३९ हजार रुपैयाँमा ठेक्का सम्झौता निर्माण भएको हो । ५६.६ मिटर लम्बाईको उक्त पुल २०८० असार २२ मा सम्झौता भइ २०८१ असोज २१ मा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धान : कसरी चल्छ सत्ताको हैकम ?
-
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
-
गोलबजार नगरपालिकाको १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न
-
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर
-
भूकम्पबाट क्षति भएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने
-
वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन