नाफिज सदस्यहरूको भयो साढे १६ करोडको दुर्घटना बीमा
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सदस्यहरूको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना २३५ जना सदस्यहरू तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो ।
बुधबार दुई वटा निर्जीवन बीमा कम्पनी र नाफिजबिच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा २३५ जनाको सामूहिक दुर्घटना बीमा गराएको हो ।
कुल बिमांक रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र बहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजका अध्यक्ष मेनुका कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकारहरू विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरूको बीमा गराइएको बताइन् ।
नाफिज आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य जोखिममा समेत सचेत रहेको अध्यक्ष कार्कीको भनाई छ ।
बीमा सम्बन्धी सम्झौतापत्र आदान प्रदान कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बीमाले पत्रकारहरूको सुरक्षामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरूको बीमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताउँदै नाफिजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराध अनुसन्धान : कसरी चल्छ सत्ताको हैकम ?
-
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
-
गोलबजार नगरपालिकाको १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न
-
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर
-
भूकम्पबाट क्षति भएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने
-
वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन