बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

०८७ मा संविधान संशोधन गर्ने ओली अभिव्यक्तिको मर्मबारे भट्टराईको प्रस्टोक्ति

बुधबार, २४ पुस २०८१, २० : ४९
बुधबार, २४ पुस २०८१

काठमाडौँ । नेकपा एमालेका नेता खिललाल भट्टराईले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा बोलेको कुरालाई लिएर नेपाली कांग्रेसका नेताहरू र अन्य विभिन्न सामाजिक सञ्जालहरू उद्वेलित भएको बताएका छन् । कांग्रेस महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले ओलीको उक्त अभिव्यक्तिको बुधवार आपत्ति जनाएका थिए । 

बुधवार साँझ सामाजिक सञ्जालमार्फत ओली अभिव्यक्तिको बचाउ गर्दै भट्टराईले केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको सम्बोधन सुनेको र बुझेको भन्दै वास्तविकता यस्तो भएको बताएका छन् । 

भट्टराईले लेखेका छन्:

संविधान संशोधनको लागि सरकारले आन्तरिक तयारी गरिराखेकै छ । यसको आवश्यकता र औचित्यको विषयमा अध्यक्षको कुनै फरक विचार छैन भन्ने स्पष्ट नै छ ।

तर अहिले संविधान संशोधनका लागि दुवै सदनमा चाहिने दुई तिहाइ बहुमत नेकपा (एमाले) र नेपाली कांग्रेससँग छैन । राष्ट्रिय सभामा समेत  दुई तिहाइ नभई संविधान संशोधन सम्भव छैन । 

आउने राष्ट्रियसभाको चुनावमा पनि गणितीय संख्या पुग्नेगरि जित्न मुस्किल छ । त्यसैले संविधान संशोधनको निम्ति आवश्यक संख्या पुर्याउन २०८७ सालसम्म पर्खिनु पर्ने हुनसक्छ भनेर परिस्थितिको विश्लेषण गर्नु भएको हो ।

आवश्यकताको सिद्धान्त अनुसार  सही र सामयिक विषयमा संशोधन गर्न सत्तारूढ   दलहरू तयार छँदैछन् । यसको अलावा अरू दलहरू समेत तयार हुँदा संशोधनको प्रक्रियामा ढिलाइ हुने प्रश्नै छैन । कमरेड अध्यक्षको सम्बोधनको मूल मर्म यही नै हो । सात बुँदामा संविधान संशोधनको बुँदा के देखेका थिए ।कतिपयले आफ्नो अतिवादी विचारको प्रचार थालेका छन् । त्यो चाहिँ सम्भव छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप