दुर्गा प्रसाईं समर्थकले गभर्नर र पवन गोल्यानलाई दिएका थिए धम्की
बुधबार, २४ पुस २०८१, १९ : ५७
_emiYKJhFFQ.jpg)
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले भारतबाट गुण्डा नाइके लरेन्स बिस्नोइको नाममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अन्य दुईजना व्यापारीलाई धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रसाईंको निर्देशनमा हरिचन्द्र फुयल र रामचन्द्र मैनालीले धम्की दिएका हुन् ।
तेह्रथुम घर भएर बिर्तामोड बस्ने रामचन्द्र मैनाली फरार छन् । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार उनीहरुले गभर्नर अधिकारीलाई ज्यान लिने र अंगभंग बनाउने धम्की दिएका हुन् । व्यवसायी दिपेन्द्र अग्रवाल र पवन कुमार गोल्यानलाई उनीहरुले लरेन्स बिस्नोइको सदस्य तथा सुटर हुँ भनेर धम्की दिएको प्रहरीको अनुसन्धान खुलेको छ ।
सरकारी वकिलले प्रसाईंसहित ३ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय