दिदी बहिनी मृत्यु प्रकरण : हत्या आशङ्कामा आमा पक्राउ

सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमालाई नियन्त्रणमा लिएको छ । बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपाल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना बुधबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
उनीहरुको हत्या आशङ्कामा उनीहरुकै आमा अन्दाजी २६ वर्षीया पूर्णिमा रानामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी रमेश क्षेत्रीले रातोपाटीलाई बताए । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेको र घरमा छोरीहरुसँग पुर्णिमा मात्रै थिइन् ।
स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेको अवस्थामा आमाबाटनै घटना घटेको हुनसक्ने आशङ्कासहित पुर्णिमालाई पक्राउ गरिएको क्षेत्रीले बताए । बुढाबुढीको फोनमा झगडा भएको र त्यही रिसमा पुर्णिमाको हत्या गरेको आशङ्का गरिएको छ ।
‘नियन्त्रणमा लिएका छौँ, घटनाबारे थप कुरा अनुसन्धानबाट नै खुल्ला,’ उनले भने ।
‘बिहानतिर नुवाकोटमा रहेका श्रीमानसँग फोनमा झगडा भएको र त्यही रिसमा आफू पनि मर्ने उद्देश्यसहित छोरीलाई मारेको उनले प्रारम्भिक बयान दिएकी छिन्’ उनले भने, ‘यद्यपि थप कुरा अनुसन्धानबाट खुल्ला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६२ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू !
-
पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी (तस्बिरहरू)
-
नेताहरूको अपारदर्शी सम्भ्रान्त जीवनशैली, विश्वमञ्चमा बदनामी
-
स्पेनिस गोलरक्षक वालिद धनगढी एफसीमा आबद्ध
-
‘भ्रष्टाचार नहुने मुलुक बनाउन कागजी पैसा उपयोग अन्त्य गर्नुपर्छ’
-
सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक