प्राकृतिक विपद्बाट जोगिन ‘झटपट झोला’ तयारी कसरी गर्ने ?
काठमाडौँ । प्राकृतिक विपद्मा उपयोगी सामग्री राखिएको झोला नै ‘झटपट झोला’ तयारी हो । भूकम्पलगायत विपद्को आपत्कालीन अवस्थामा तुरुन्त बोकेर दगुर्न मिल्ने ‘झटपट झोला’ तयार गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
यो झोलामा प्राथमिक उपचारका सामग्री, अत्यावश्यक औषधि, पानी र पानी शुद्धीकरण गर्ने औषधि राख्नुपर्ने हुन्छ । लामो समय नबिग्रिने खानेकुरा राख्नुपर्छ । व्यक्तिगत सरसफाइका सामान पनि राख्नुपर्ने हुन्छ ।
यसका साथै आफूलाई आवश्यक पर्ने पैसा, रेडियो, लाइटर, सियो, धागो, कपडा, टर्च लाइट, डोरी, सिटीलगायत राख्नुपर्ने हुन्छ । सो सामान समय–समयमा परीक्षण गरी राख्नुपर्ने प्राधिकरणले जनाएको छ । छिटो र सजिलो गरी भेट्ने ठाउँमा यो झोला तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । प्राकृतिक विपद् भूकम्प जाँदा, बाढीपहिरो आउँदा लगायत समयमा सो झोला लिएर सुरक्षित ठाउँमा जान सक्ने प्राधिकरणका अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल बन्यो आइएसओ मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
-
आर्मीसँग ७६ रनले पछि परे पनि बागमतीद्वारा पाली समाप्तिको घोषणा
-
पर्यटन समितिका सभापति यादव र नेमकिपा सांसद सुवालबिच भनाभन
-
राष्ट्रिय परिचयपत्र विवाद : प्रधान न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै
-
काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ
-
अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु